After header

अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्  ।

‘हामीले अर्थतन्त्रमा सिर्जित समस्याहरु समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेपछि उहाँले विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्ने बताउनुभएको छ,’ पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालले भने ।

यसैगरी बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् ।

बैठकमा चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

एक पटक पढ्नुहोस