धुलिखेल/
नाबालक छोरालाई निर्घात कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय काभेले दुई जना पक्राउ गरेको छ । जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ का तिलक बुढा र उर्मिला बुढालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको हो । जेठी श्रीमतीको मृत्यु पछि कान्छी ल्याई काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०६ स्थित सि.एन ईट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएको निज बुढा दम्पत्तीद्धयले नाबालकलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत हरि खतिवडाले जानकारी दिए ।

ईट्टा उद्योग नजिकै रहेको छाप्रोमा सुती रहेको वर्ष ३ को नावालाक छोरा विमल बुढालाई सौतिनी आमाले सुताएको ओछ्यानमा दिशा पिसाब ग¥यो भनि लात्ती र मुक्काले हानि निर्घात कुटपिट गरेको उनले बताए । निज नावालकको बुबा तिलक बुढा समेत आई निज नावालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याकी सख्त घाईते बनाएकोमा निज नावालकलाई स्थानियहरुले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पु¥याई हाल सोही अस्पतालमा उपचार भई रहेको नाबालकको अवस्था गम्भिर रहेको खतिवडाले जानकारी दिए । नाबालक कुटपिट गरी ज्यान मार्ने समेत हर्कत गरेको भन्दै नाबालकका मामा तेज बहादुर घर्तिले निवेदन दिएकाले उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरि आवश्यक अनुशन्धान भईरहेको सुचना अधिकृत खतिवडाले जानकारी दिए ।
