After header

आज बाट नयाँ वर्ष शुरु

बैशाख १काभ्रे/ आज बाट नयाँ २०७९ साल शुरु भएको छ । नेपालीहरुको नयाँ वर्ष शुरु भए सगै आजको दिन पनि नेपालीहरुको विशेष दिनको रुपमा लिने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको यस नयाँ वर्षको पहिलो दिन नयाँ कामको समेत थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको शुरुवात सगै आम नेपालीले आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी यस दिनलाई मनाउने गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा समेत दिईएको छ ।

एक पटक पढ्नुहोस