काभ्रे/बढ्दो दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले सागाँ देखि धुलिखेल सम्म बस बिसौनी स्थानको शुभारम्ब गरीएको छ । अरनिको राजमार्ग अन्र्तगत सागाँ देखि धुलिखेल सम्म दुर्घटना बढेको जन गुनासो आए लगतै सागाँ देखि धुलिखेल सम्मको नौ किलो मिटर सडकमा २६ वटा बस बिसौनीको शुरुवात गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, र डिभिजन सडक कार्यालय भक्तपुरबाट सो कार्यको लागि आज बिहिबार बाट बस बिसौनी स्थानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए । अरनिको राजमार्गमा चल्ने सवारी साधानको चापको अनुपातमा सडकको चौडाहा सानो रहेको र सार्वजनिक सवारी साधनले जथाभावी रोकेर यात्रु ओराल्ने र चढाउने गरेकाले त्यस बखत हुने दुर्घटनालाई कम गर्ने उदेश्यले यस्तो कार्यको शुभारम्ब गरिएको जोशीले बताए ।

सम्भावित दुर्घटना न्युनिकरण तथा रोकथामको लागि अरनिको राजमार्ज अन्र्तगत साँगा देखि धुलिखेलसम्म ९ कि.मी. राजमार्जमा निर्माण गर्न लागिएको २६ वटा बस बिसौनिको लागि साँगाबाट निर्माण शुभारम्भ गरीएको उनले बताए । डिभिजन सडक कार्यालय भक्तपुरको सहयोगमा प्लाष्टिकको सडक डिभाईडर बनेपा चारदोबाटो देखि अरनिको बस स्टप सम्म जडान कार्य सम्पन्न गरिएको छ ।
