काभ्रे / यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनामा काभ्रेको छ वटा नगरपालिका र सातवटा गाउँपािलकाबाट करीब ३ लाख ३ हजार ५ सया ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । गत २०७४ सालको स्थानिय निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाता रहेको काभ्रेमा अहिले २०७९ सालको स्थानिय तहको निर्वाचनमा ७२ हजार ७ सात ११ जना मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले जानकारी दिए । २०७४ सालको निर्वाचनको दाँजोमा मतदान स्थल १ सय ८९ नै कायम रहेको छ भने मतदान केन्द्र ०७४ मा ३ सय ५० रहेकोमा यस पटकको स्थानिय तहको निर्वाचनमा ३ सय ८१ केन्द्र रहेर पहिलाको दाजोमा ३१ केन्द्र बढेको राईले जानकारी दिए ।
धुलिखेल नगरपालिका
यो नगरपालिकामा २५ हजार ८ सय ५जना मतदाता रहेका छन् । यस नगरपालिकामा १२ हजार ६ सय ४५ पुरुष र १२ हजार ८ सय ६३ जना महिला मतदाता रहेका छन् । यहाँ १९ मतदान स्थल र ३४ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ ।
बनेपा नगरपालिका
यो नगरपालिकामा ३७ हजार ५ सय ८१ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बनेपा नगरमा पुरुष मतदाताको संख्या १८ हजार ३ सय ४० जना र महिलाको १९ हजार २ सय ४१ रहेको छ । यस नगरपालिकामा मतदान स्थल २४ र मतदान केन्द्र ४९ हुनेछ ।
पनौती नगरपालिका
यो नगरपालिका जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका हो । पनौतीमा ३८ हजार १ सय ४५ जना मतदाता रहेका छन् । यहाँ १८ हजार ७ सय ७१ पुरुष र १९ हजार ३ सय ६४ महिला मतदाता छन् । यहाँ २० मतदान स्थल र ४४ मतदान केन्द्र रहेको छ ।
पाँचखाल नगरपालिका
यो नगरपालिकामा पुरुष मतदाताको संख्या १४ हजार ९ सय ११ र महिलाको संख्या १४ हजार ७ सय ८६ रहेको छ । यो नगरमा कुल मतदाताको संख्या २९ हजार ६ सय ९७ जना रहेको छ । यहाँ १८ मतदान स्थल र ३७ मतदान केन्द्र रहेको छ ।
नमोबुद्ध नगरपालिका
यो नगरपालिकामा यहाँ १६ मतदान स्थल र ३० मतदान केन्द्र रहने छ । १३ हजार २ सय ९२ जना पुरुष र १२ हजार ६ सय ६० जना महिला मतदाता गरेर २५ हजार ९ सय ५२ जना मतदाता रहेका छन् ।
मण्डनदेउपुर नगरपालिका
यो नगरपालिकामा २८ हजार ५ सय ३१ जना कुल मतदाता रहेका छन् । १४ हजार ६ सय ४५ जना पुरुष र १३ हजार ८ सय ८६ जना महिला मतदाता रहेका छन् । यो नगरपालिकामा १६ मतदान स्थल र ३६ मतदान केन्द्र हुनेछ ।
तेमाल गाउँपालिका
यस पालिकामा २१ हजार १ सय ८ जना मतदाता छन् । ११ हजार ३ जना पुरुष र १० हजार १सय ५ जना महिला मतदाता छन् । यहाँ १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ ।
बेथानचोक गाउँपालिका
यो गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस पालिकामा ७ हजार २ सय ७६ पुरुष र ७ हजार २ सय ७५ जना महिला मतदाता गरेर जम्मा मतदाताको संख्या १४ हजार ५ सय ५१ रहेको छ ।
भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकामा ८ हजार ९ सय ४५ जना पुरुष, ८ हजार ७८ जना महिला र १ जना अन्य मतदाता गरेर कुल मतदाताको संख्या १७ हजार २४ जना रहेको छ । यहाँ मतदानस्थलको संख्या १३ र केन्द्रको २३ रहेको छ ।
महाभारत गाउँपालिका
महाभारत गाउँपालिकामा ६ हजार ५ सय ४३ पुरुष र ५ हजार ८ सय ७७ जना महिला मतदाता गरेर कुल १२ हजार २४० जना मतदाता रहेका छन् । मतदान स्थल ८ र मतदान केन्द्र १६ रहेको छ ।
रोशी गाउँपालिकामा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रको संख्या १४ र केन्द्र २४ रहेको छ । पालिकामा ११ हजार ७ सय ९२ पुरुष र १० हजार ७ सय ५१ जना महिला मतदाता छन् । जम्मा मतदाताको संख्या २२ हजार ५ सय ४३ रहेको छ ।
खानीखोला गाउँपालिका
स्थानीय तहको निर्वाचनको लागि १० हजार ३ सय ९ जना मतदाता रहेका छन् । जसमा पुरुष ५ हजार ४ सय ४३, महिला ४ हजार ८ सय ६५ र अन्य १ जना मतदाता रहेका छन् । यस गाउँपालिकामा ९ मतदान स्थल र १५ मतदान केन्द्र रहनेछ ।
चौरी देउराली गाउँपालिका
चौरी देउराली गाउँपालिकामा २० हजार १ सय ९१ जना मतदाता रहेका छन् । यहाँ पुरुष १० हजार ५ सय ६७ र महिला मतदाता ९ हजार ६ सय २४ जना छन् । चौरी देउरालीमा ११ मतदानस्थल र २४ वटा केन्द्र रहनेछ ।
