After header

बनेपा हाक्न अघि बढे सुरकृष्ण

बनेपा/स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा व्यस्त छन् । उम्मेद्वारका आकाक्षी नेताहरु भने आ—आफ्नो पक्षमा टिकट ल्याउन लागिपरेका छन् । देशभरको अवस्था जस्तै १३ पालिका रहेको काभ्रेमा पनि आकाक्षी उम्मेद्वारहरु पाँच वर्षमा आफ्नो पालिकामा विकास र समृद्ध कसरी ल्याउने भन्ने योजनाका साथ टिकट ल्याउने दौडमा अघि बढिरहेका छन् । स्थानीय तहमा ६ नगरपालिका र ७ गाउपालिका रहेको काभ्रेको व्यापारिक केन्द्र बनेपामा नेतृत्व लिन नेपाली काग्रेसको तर्फबाट सुरकृष्ण वैद्य अघि बढेका छन् । बनेपा नगरपालिकाको १४ वडा रहेको यस नगरपािलकामा प्रत्येक वडाले अब बनेपा परिवर्तन र विकासका लागि लामो समय देखि विभिन्न क्षेत्रमा रहि समाज सेवा गरेका सुरकृष्ण वैद्यलाई नै प्रहिलो नम्बरमा मेयर सिफारिस गरि पठाएका छन् ।


यातायातको क्षेत्रमा लामो समय काम गरेका वैद्य नेपाल उद्योग बाणिज्य महासंघको दुई कार्यकाल केन्द्रीय सदस्य रहेका व्यक्ति हुन । बनेपा नगरको विकासको लागि अहोरात्र खटिरहेका वैद्यको विकल्प नरहेको भन्दै बनेपाका मतदाताहरुले दाबव बढाए पछि उम्मेद्वार छनौट गर्ने नेतृत्व समेत वैद्य प्रति आकर्षित भएका छन् । अन्य पालिकाको तुलनामा बनेपा अलि फरक किसिमको छ । बनेपा समग्र जिल्लाको व्यापारिक केन्द्रमा हैन चीनको तातोपानि नाकाबाट हुने व्यपारको केन्द्र पनि हो ।
१७ वर्ष काभ्रेको यातायात क्षेत्र अघि बढाएका व्यक्ति वैद्यले केन्द्रिय मिनिवस संघको संयोजक समेत रहेका थिए । नेपाल परिवार नियोजन संघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य समेतको जिम्मेवारी लिएका वैद्यले चण्डेश्वरी मन्दीरको पुर्ननिर्माण र बनेपाको रेयुकाई आखा अस्पताल निर्माणमा समेत उल्लेख्य योगदान पु¥याएका वैद्य काभ्रे उद्योग वाणिज्य संघको महासचिव हुदै अध्यक्ष भई समग्र उद्योग व्यवसायीको हक हितमा काम गरेको अनुभव समेत बटुलेका छन् । शिक्षा क्षेत्रमा समेत कार्य गर्दै आएका वैद्यले न्युन आय भएका व्यक्तिहरुलाई अध्ययन अध्यापन गराएको तथा सहकारी मार्फत यहाको व्यापार व्यवसायमा सहयोग पु¥याउनु भएको वैद्य बनेपा नगरको प्रमुखमा काग्रेसबाट टिकट पाउने सम्भावित व्यक्ति मध्यका प्रमुख हुन । यस अघि एमालेले जितेको बनेपामा वैद्य बाहेकको उम्मेद्वारले नेपाली काग्रेसलाई जिताउन नसक्ने भन्दै युवा मतदाताहरुले उहालाई नै टिकट दिन दबाब दिइरहेका छन् ।
बनेपा नगरको प्रत्येक घरदैलोमा घुलमिल भएका व्यक्ति सुरकृष्ण वैद्यले भुकम्पको बेलामा यहाका आम जनतालाई राहत सहित सेवा गरेका थिए । बसाई सराईबाट जिल्लाभरी बाट बनेपा आएका व्यक्तिहरुको समेत ढुकढुकीका रुपमा रहेका वैद्य पार्टी जिम्मेवारी दिए अझ सेवा गर्ने हौसला मिल्ने बताउनु हुन्छ । कसैको दुःख देख्न नसक्ने उनी आफूले सक्ने र आफूले भनेर हुने जस्तो सुकै कामका लागि पनि जनताको लागि अहोरत्र खटिदै आएका ब्यक्ति हुन् । विभिन्न संघसंस्थाको नेतृत्वदायी भुमिकामा लामो समय काम गरेका बैद्य अहिले समग्र बनेपा नगरको विकासको लागि गुरु योजना बनाइ रहेको बताउनु भएको छ ।

एक पटक पढ्नुहोस