काभ्रे/निर्वाचन कार्यालय काभ्रेले आसन्न बैशाख ३० मा हुन लागेको स्थानिय निर्वाचनको सम्पूर्ण तयारीहरु पूरा हुँदै गरेको बताएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार आचारसंहिता तथा निर्वाचन सम्बन्धी अन्तर्किया कार्याक्रम गरेको छ । राजनीतिक दलका प्रतिनिधी सम्बद्ध छलफलमा सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराइएको छ । गत चैत्र २५ गते बाटै लागु गरिए पनि आचार संहिता पालनाको बिषय बारे अनविज्ञ भन्दै उल्लंघन गर्ने संकेत देखिएपछि कार्यालयले काभ्रेका सबै निकाय र राजनीतिक दलका प्रतिनीधि राखेर सोबारे अन्तक्र्रिया गराएको हो । कार्यालयका प्रमूखजिल्ला निर्वाचन अधिकारी उमेश राईले पत्रकार देखि नेता कार्यकर्ता र रमतदाता सम्मले के गनूे हुन्छ हुँदैन र के गरे आचारसंहिता विपरीत हुन्छ भन्ने बिषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी हुमकला पाण्डेले आचारसंहिता सबैले पालना गर्दै निर्वाच नभयरहित धाँदलीरहित स्वस्छ र मर्यादित बनाउन सबैको साथ अपरिहार्य भएको बताइन् । उनले धुलिखेल नगरपालिकामा निर्वाचनको आफ्नो कार्यालयले हेर्ने र त्यस बाहेक जिल्लाको १२ वटै पालिकामा खटिने निर्वाचन अधिकृतले पनि पालिकाहरुमा आचारसंहिता बारे पुनः जानकारी दिने भन्दै सुरक्षाको सवालमा एकीकृत सरक्षा नीति बनाइएको समेत बताईन् ।

निर्वाचन आचारसंहिता २०७८ प्रति सवै राजनीतिक दलले प्रतिबद्धता जनाएको हँुदा पार्टीको झण्डा र चुनाव चिन्ह तोकिएको आकारभन्दा ठूलो हुन नपाउने स्पष्ट व्यवस्थालाई राजनीतिक दल र उम्मेदवारबाट पूर्ण पालना हुन्छ भननेमा आफू विश्वस्त रहेको राईले बताए निर्वाचन आचारसंहिताले राजनीतिक दलको जुलुस, आमसभामा भाग लिने, प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन नहुने आयोगले सचेत गराएको छ । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने , संचारमाध्यामको प्रयोगबारे पनि छुट्टै मापदण्ड तोकिएको छ ।
काभ्रे जिल्लामा जम्मा मतदाता ३ लाख ३ हजार ५ सय ५० जना जसमा महिला १ लाख ४९ हजार ३ सय ७५ जना रहेका छन् । भने पूरुष १ लाख ५४ हजार १ सय ८३ र अन्य २ जना रहेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा ०७४ निर्वाचन पछाडी नयाँ थप भएका ३१ हजार नाम संशोधन भएका छन् । जिल्लामा २०७४मा रहेको केही मतदान स्थल परिवर्तन गरेको छ । जसमा मतदान केन्द्र ३ सय ५० बाट ३ सय ८१ बनाइएकोे छ । काभ्रे जिल्लामा ३० दलले दलको चुनाव चिन्ह् पाउने जसमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य २४ वटा रहेको छ । मनोनयन दर्ता आसन्न बैशाख ११ र १२ गते हुने पनि बताइएको छ । यता निर्वाचन नजिकिएसँगै प्रमूख प्रतिपक्ष दल एमाले र सत्ता साझेदार दलहरु उम्मेद्वार टुंग्याउन र भागबण्डा गर्नमा बेस्त छन् ।
