बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बनेपा वडा नम्बर ६ ले कुनै दल सग पनि गठबन्ध नगर्ने निर्णय गरेको छ । केन्द्रले गठबन्ध गर्न भनी निर्णय गरेर परिपत्र गरे पनि शुक्रबार नेपाली काग्रेस वडा नम्बर ६ मा कुनै पार्टी सग पनि गठबन्ध नगर्ने भन्दै वडा नं. ६ का सभापति श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।नेपाली काग्रेसलाई यस वडामा गठबन्धको आवश्यकता नभएको बताउदै वडा कार्यसमितिले बैठक बाट नै निर्णय गरेको उनले बताए । यस वडामा काग्रेस आफै चुनाव जित्नको लागि सक्षम र सवल छ तसर्थ यस वडामा कुनैपनि राजनैतिक पार्टीसग तालमेलमा नगई यस वडाबाट चुनेर पठाएको उम्मेदवारलाई चुनावी प्रकृयामा भाग लिन सहज र सरल वातावरण बनाईदिन अनुरोध सहित बनेपा नगर समिति र जिल्ला कार्य समितिलाई समेत पत्र पठाएको वडा सभापति श्याम चन्द्र श्रेष्ठले जानकारी दिए ।

बनेपा वडा नम्बर छ मा गठबन्ध नगर्ने निर्णय
एक पटक पढ्नुहोस