After header

रोशी गठबन्धनको प्रतिबद्धता

शिक्षा, स्वास्थ्य,कृषि, खानेपानी र सडककमा प्राथामिकता

 

रोशी/आगामी बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत ल्याउनको लागि विभिन्न दलका उम्मेदवारहरूले घोषणा पत्र, संकल्प पत्र र प्रतिवद्धता पत्रहरू सार्वजनिक गरिरहेका छन् । त्यसरी नै रोशीमा रहेको गठबन्धनका उम्मेदवारहरूले पनि आफ्नो साझा प्रतिबद्धता पत्र जारी गरीएको छ । त्यसमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र गर्भवती महिलाहरूका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

आगामी निर्वाचनका लागि रोशी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका नेता दिनेश लामा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नेता मिमबहादुर वाईवा उम्मेदवार बनेका छन् । उनीहरूको साझा प्रतिबद्धता पत्रमा उक्त कुरा उल्लेख गरेका छन् ।

जेष्ठ नागरिक, अपांगता भएका नागरिक र गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नको लागि उनीहरूको स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना रहेको अध्यक्षको उम्मेदवार दिनेश लामाले बताए । ‘रोशीका गर्भवती महिलाहरू, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूको स्वास्थ सुरक्षाको ग्यारेन्टी तथा सुनिश्चित गर्नको लागि गाउँ घरमै सुविधासम्पन्न सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रयास हुने छ ।’ लामाले भने, ‘त्यस्ता नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रयास हुने छ ।’ त्यसरी नै आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरूको पहिचान गरी उनीहरूको लागि पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने आफूहरूको लक्ष रहेको लामाले बताए ।

रोशी गाउँपालिका भित्र कृषी योग्य क्षेत्र भएकाले कृषीमा आमूल परिवर्तन ल्याउने योजना रहेको लामाले बताएका छन् । परम्परागत अवस्थामा सञ्चालन भैरहेको कृषी प्रणलीलाई आधुनीक प्रणालीको रुपमा परिणत गरेर त्यहाँको किसानहरूको आयआर्जनमा सूधार गर्नको लागि कृषीलाई कसरी बढी भन्दा बढी आयआर्जनमा उत्पादनशील बनाउन सकिन्छ त्यस तर्फ पनि ध्यान रहेको उनले बताए । ‘कुन प्रविधि अथवा कुन खालको सिप दिदाखेरी किसानहरूले गाउँमा भएको आफ्नो जग्गाबाट पर्याप्त आम्दानी उत्पादन गर्न सकिन्छ । हामी पहिचान गर्ने छौँ । कृषीको लागि हामीले साझा एजेण्डाको रुपमा लिएका छौँ ।’ लामाले भने, ‘रोशीमा कृषीमा आमूल परिर्वतन ल्याउनेछौँ ।’

रोशीको माथील्लो भेगको लागि फलामे साँघुमा १५ शैयाको अस्पताल निर्माण हुदै गरेको र त्यो अस्पताललाई सम्पन्न गरेर त्यो क्षेत्रमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने लक्ष रहेको पनि अध्यक्ष पदको उम्मेदवार लामाले बताए । ‘तल्लो क्षेत्रका लागि मंगलटार अथवा चारसय किलो कहाँ हुन्छ त्यहाँ पनि हामीले स्वास्थ्य इकाईहरू सञ्चालन गरेर त्यहाँका जनतालाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने हाम्रो लक्ष छ ।’ लामाले भने, ‘अर्को कुरा स्वास्थ्य विमा कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्याएर एउटा परिवारले एक बर्षमा ३५ सय रुपैया तिरेर एक लाखसम्मको उपचार खर्च सरकारबाट पाउँछ, त्यो सुविधालाई हामीले गाउँघरसम्म टोटोल–टोल, वडा–वडासम्म विस्तार गर्ने हाम्रो लक्ष छ ।’

एक पटक पढ्नुहोस