After header

पनौती ५ मा घरदैलो

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी ः खत्री

पनौती/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् ।

आफ्नो नगर र वडाको विकास र समृद्धिका लागि भन्दै पनौती नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार विनोद खत्री सहित उहाँका टिम यति बेला जनताको समस्या र आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो चुनावी प्रचार प्रसारमा ब्यस्त रहेका छन् ।

चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिदै नेपाली कांग्रेस पनौती नगरपालिका वडा नं. ५ वडा अध्यक्ष पदको उम्मेदवार विनोद खत्री सहित महिला वडा सदस्यमा सविता थापा, दलित महिला सदस्यमा उजेली परियार,पुरुस सदस्यहरुमा महेन्द्र लाल श्रेष्ठ र प्रेम कुवँर लगायतको टोलि घर दैलोमा भोट माग्ने दौडधुपमा छन् । आफ्नो वडा आफै बनाउ भन्दै खत्री यति बेला जनताको समस्या र विकासका बारेमा बुझ्दै जनताको घर आँगनमा पुगिरहेका छन् ।

आफूलाई यस स्थानिय तहको निर्वाचन वडा अध्यक्ष सहित सम्पूर्ण टिमलाई भोट अमूल्य मत दिनु होस् । यहा नगरपालिका र वडाको विकास र जनताले चाहेको जस्ता काम र योजना ल्याई यस वडाको विकास गर्ने छु वडा अध्यक्षका उम्मेदवार खत्रीले भने । आफू सधैव जनताको सेवाका लागि यस राजनितिमा आएको हो पैसा कमाउनका लागि महिले राजनिती रोजेको होईन खत्रीले भने ।


यस बनेपा नगरपालिका मध्ये यस ५ नं.वडामा कुनै पनि राम्रो काम हुन नसकेको र विकासका नाम केही कसैले नगरेको भन्दै आफ्नो वडा बनाउन यस पटक जिताएर देखाउनु सबै मतदाताहरुलाई आग्रह गरेका छन् । चुनाव प्रसार प्रसारको नेतृत्व गदै गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु यतिबेला गठबन्धन बाट साझा उम्मेदवार बनेका विनोद खत्रीलाई जितउनका लागि घरदैलोमा उम्मेदवार सहित भोट माग्न लागि परेको बताए ।

यस पटक यस ठाउँमा विकास गर्ने र विकास प्रेमी नेता उम्मेदवार पाएका छौ । सबै जनताहरु खुशी भई विकास प्रेमी खत्री जस्तो वडा अध्यक्ष पाएकोमा सबै मतदाता मत हाल्न आतुर रहेको समेत चुनाव प्रचार प्रसारमा हिडेका नेता कार्यकर्ताले बताए । यस भन्दा अगाडि एमालेका वडा अध्यक्षको पाच बर्षको काम हेरिसकेका वडाबासि यो पटक भने नेतृत्व परिवर्तन गरी कांग्रेसका उम्मेदवार खत्रीलाई जनताले रुचाएको समेत स्थानियको भनाई छ ।

एक पटक पढ्नुहोस