After header

बनेपामा गठबन्धनको प्रतिबद्धता

बनेपालाई स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउने

बनेपा/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि बनेपा गठबन्धनको तर्फबाट चुनावी घोषण पत्र सार्वजनिक गरेको छ । बनेपालाई स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउने लक्ष उनीहरूले राखेका छन् । आगामी ५ बर्ष भित्र बनेपा नगरलाई शुन्दर नगर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका नेता शान्तिरत्न शाक्य र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता रघुवर चाँै प्रधानले उम्मेदवारी दिएका छन् । उनीहरूले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक पनि गरीसकेका छन् ।। ‘हाम्रो रहर, सफा सरह’ प्रतिवद्धता पत्रमा उल्लेख छ, ‘फोहरबाट मोहर’सफा सहर बनाउनको लागि उद्योगहरू खोलेर फोहरबाट मल, पलाष्टिकबाट पुन प्रयोग हुने सामग्री निर्माण गरी सफा बनाउने नगरप्रमुखका उम्मेदवार शान्तिरत्न शाक्यले जानकारी दिए । ‘आधुनिक प्रविधिको प्रयोग तथा ल्याण्डफिल्ड साईड निर्माण तिब्रगतीमा गर्नेछौँ ।

’ नगरप्रमुखका उम्मेदवार शाक्यले भने, ‘फोहरको प्रकृति हेरेर विज्ञ टोलीहरूको सल्लाहामा फोहरलाई कच्चा पदार्थको रुपमा लिएर उद्योग सञ्चालन गरी आम्दानीको स्रोतमा बृद्धि पनि हुने छ र बनेपा नगर सफा नगर बनाउने योजनासहित हामी उपस्थित भएका छौँ । निर्वाचवन पश्चात हामी यो काम अविलम्ब गर्ने प्रतिवद्धता पनि जनाउछौँ ।’ हाल निर्माण भएका पूर्वाधारहरूलाई सञ्चालन योग्य बनाई ढल निकासालाई व्यवस्थित बनाउने योजना पनि रहेको उनले बताए । निश्चित किसिमका फोहरलाई वर्गिकरण र संकलन गरी अलग्गै फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने लक्ष रहेको पनि शाक्यले बताए ।

त्यससँगै बनेपामा घर घरमा धारा धारामा हावा रहेकोमा धारामा पानी आउने व्यवस्था गर्ने शाक्यले बताए । काभ्रे एकिकृत खानेपानी आयोजना छिटै सम्पन्न गरी घरघरको धारामा खानेपानी छेलोखेलो बनाउने उनको भनाई छ । ‘बनेपा धुलिखेल र पनौती नगरपालिकालाई समेट्ने गरी निर्माण भएको आयोजना तीनवटै नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएपनि आयोजना सम्पन्न गर्न सकेन ।

’ शाक्यले भने, ‘अव हामीलाई जिताउनु भो भने तत्कालै आयोजना सम्पन्न गरी जनतालाई पानीको समस्याबाट मुक्त गर्नेछौँ ।’उनले भने । यस भन्दा अगाडि बनेपा नगरपालिकामा एमाले बाट जितेको यस नगरमा ५ वर्षमा केही काम गर्न नसकेको जनताको आरोप छ ।

एक पटक पढ्नुहोस