बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला बनेपा नगरका लागि गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार शान्तिरत्न लगायत यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । गाउँ गाउँ टोल टोल पुगी शाक्यले भावि बनेपा बनाउने योजना सहित प्रत्येक घर घरमा गई आफ्नो प्रतिबद्धता सहित आशीवार्द र भोट माग्न शुरु गरेका छन् ।

बृद्धबृद्धा आमाबुबाको आशीवार्द लिदै शाक्यले यस पटक हाम्रालाई भन्दा राम्रोलाई एक पटक मौका दिनु बनेपा शहर बनाउने जिम्मा हाम्रो रहेको बताएका थिए । यस नगरलाई स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउन आफू सधैव लागि पर्ने बताएका छन् । बनेपा बासीका मनमुटुमा बस्न सफल शाक्यले बनेपाको विकासका लागि आफू सगै धेरै योजना रहेको बताउदै यस नगरपालिका भित्र धेरै काम गर्ने सकिने बताएका छन् ।

घरदैलो कार्यक्रममा रहेका शाक्यलाई अबको बनेपा नगर स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउनु र यस नगरलाई विकासको खाँचो रहेकाले यस नगरको विकास प्रेमी नेता जनताले पाएको छ अब विकास गर्नु भन्दै बृद्धबृद्धा आमा बुबाले आशीवार्द दिएका थिए ।

