After header

धुलिखेलमा बिदुरलाई साथ ज्रेवामा एक छाप ः नगरबासी

धुलिखेल/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा धुलिखेलका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत मतदाता सगँ आशीवार्द थाप्न ब्यस्त रहेका छन् ।

गठबन्धनका कारण कांग्रेसले मेयर पदको टिकट नपाएपछि कांग्रेसको साग जोगउन आफूले धुलिखेल नगरका लागि स्वतन्त्र उम्मेदवार दिएको बताएका छन् । सबै युवाहरुको ढुकढुकी धुलिखेल नगरमा समाजसेवी यूवा नेतालाई आम धुलिखेल बासीको साथ सहयोग रहेको छ ।

आफ्नो चुनावी घोषण पत्र सहित धुलिखेलको सबै वडामा मतदाता सगँ भोट माग्न पुगेका बस्नेतलाई मतदाताको साथ दिने र जे्रवामा एक छाप सबै मतदाताले दिने आशीवार्द दिएको बताए । बृद्धबृद्धाहरु सगँ आशीवार्द लिदै उनले धुलिखेलको ११ ओटै वडामा पुगी मतदाताहरु सग आफ्नो भावि एजेण्डा सहित बैशाख ३० गते हुने स्थानिय तहका लागि भोट मागीरहेका छन् । आम धुलिखेल नगरबासीले भने धुलिखेलमा बिदुरलाई साथ ज्रेवामा एक छाप हो यस पटक एक मतदाताले भने ।

यस पटक नगरको विकासका लागि विकास प्रेमी सबै हाम्रो धुलिखेल नगरका मनमुटुमा बसेका समाजसेवी बिदुर बस्नेतलाई सहयोग गर्ने उनले बताए ।

आफू रहर भन्दा पनि आम धुलिखेल बासीको माग अनुसार नै स्वतन्त्र उम्मेदवारी दिए आजका दिन सम्म सबै आमाबुबा दाजुभाईको साथले अगाडि बढेको उनले बताए ।

आम धुलिखेल नगरबासीका दुखसुखका साथी बनेका बस्नेतले आफूले जितेमा नगरका लागि शासक नभई सेवक भई जनताको सेवामा अहोरत्र खट्ने बस्नेतले बताएका छन् ।

एक पटक पढ्नुहोस