After header

मेयर साप होइन जन सेवक बन्छु ः बस्नेत

धुलिखेल/मेयर साप होइन धुलिखेल नगरमा जन सेवक बन्छु त्यही कारणले धुलिखेल नगरमा आफ्नो उम्मेदवारी दिएको बिदुर बस्नेतले बताएका छन् ।

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बस्नेतले धुलिखेल नगरका लागि मेयर स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफू धुलिखेल नगरको शासक होइन, जनताको सेवक बन्ने इच्छा रहेको बताए । जनताले चुनेर पठाएका जनप्रतिनिधि यति बेला नगरमा शासक भई जनतालाई हुकुम शैलीमा गरेको व्यवहार र नगरमा देखिएको भष्ट्रचारका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

नगरमा विकासका नाममा धेरै भष्ट्रचार भएको छ यसका लागि अब जनताले हाम्रालाई होईन राम्रालाई मत दिए यस पटक धुलिखेलको विकास गर्न आवश्यक रहेको बस्नेतले बताए । स्वतन्त्र बाट जेव्रा चिन्ह लिएर उठेका बस्नेतको यति बेला धुलिखेल नगरका मतदाता हाई हाई बनेका छन् । उनलाई घरदैलो कार्यक्रममा आशीवार्द दिदै अबको धुलिखेल बनाउने जिम्मा विकास प्रेमी धुलिखेल नगरका सबैका ढुकढुकी बिदुर बस्नेतको काँधमा जिम्मा भन्दै आम मतदाताले अशीवार्द दिदैँ आएका छन् ।

एक पटक पढ्नुहोस