After header

म जनताको सेवक हुँ ः लामा

रोशी/म रोशी गाउँपािलकाको अध्यक्ष हुन मात्रै आएको नभई जनताको सेवक हुन् आएको दिनेश लामा बताएका छन् । यस रोशी भेगका जनताको दुखसुखमा साथ दिन र जनताको समस्यालाई समधान गर्नका लागि यस पटक रोशी गाउँपालिकामा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

घरदैलो अभियान अन्र्तगत अध्यक्ष पदका उम्मेदवार लामाले यस पालिकामा शासन होइन काम गरेर देखाउन र समग्र रोशी बनाउने उदेश्यले आफू अगाडि बढेको बताएका छन् । जनतासँग हामीले बुझ्दा उहाँहरुको प्राथमिकता पूर्वाधारमा देखिन्छ । पूर्वाधार विकासको लागि सडक, खानेपानी, विद्युतको कुराहरू हामीले प्राथमिकतामै राखेको उनले बताए । सरकारहरु शासक भन्दा सेवक बनेर जनताको काम गर्न जनताको आग्रह रहेको उनले बताए ।

घरदैलो कार्यक्रममा जनताले अव बन्ने स्थानीय सरकार सुशासनयुक्त, भ्रष्टाचारहित स्थानीय सरकार बनाउन बढी जोड रहेको बताए ।यस भेगमा अझै बाटो, खानेपानी ,शिक्षा, स्वास्थ्य,कृषि लगायत धेरै काम गर्न बाकी छ । आफूले भिजन सहित गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउदै यस पटक आफू लगायत आफ्नो सम्पूर्ण टिमलाई जिताउन आग्रह गरेका छन् ।

एक पटक पढ्नुहोस