After header

एमालेबाट नवनिर्वाचित उपमेयर सहित जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिस्कार

काभ्रे/भखैरै निर्वाचित जनप्रतिनिधीले शपथ ग्रहण बहिस्कार गरेका छन् । काभ्रेको बनेपा नगरपालिकामा उप–प्रमुख सहित वडा अध्यक्ष र वडा सदस्य एमालेबाट निर्वाचतहरुले आज आईतबार शपथ बशिस्कार गरो छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथ कार्यक्रम आज आईतबार राखिएको थियो । नगरप्रमुखले मुख्य निर्वाचन अधिकृतद्वारा शपथ ग्रहण लिएपछि नगरप्रमुखद्वारा नगरउप–प्रमुख लगायत वडाध्यक्ष र वडासदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम थियो ।

उक्त कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएका हुन् । नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूको आधारमा एमाले पहिलो पार्टी भएको तर कार्यक्रम तय गर्दा आफुहरूलाई वेवास्था गरेका कारण आफुहरू उपस्थित नभएको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले बताईन् ।

‘भर्खर मात्र सम्पन्न भएको निर्वाचनबाट यस नगरमा एमाले पहिलो पार्टी हो । पहिलो पार्टी भएको नाताले हामीसँग छलफल र सल्लाहा नै नगरी शपथ ग्रहण कार्यक्रम तय गरेको हुनाले हामी उक्त कार्यक्रममा उपस्थित नभएका हौँ ।’ दाहालले भनिन्, ‘हामीलाई डोमिनेट गर्नुभयो ।’ त्यस कारण हामीले नगर प्रमुखले गराएके शपथ ग्रहण सहभागी हुन नसकेको उनले बताईन् ।

बनेपा नगरपालिकामा १४ वडा रहेको छ । नगरबाट जम्मा ७२ जना जनप्रतिनिधी निर्वाचत भएकोमा एमालेबाट उपप्रमुख सहित वडा अध्यक्ष र सदस्य गरी ३८ जना निर्वाचित भएका छन् । वडाध्यक्षमा १४ वडा मध्ये ७ वडा एमालेले जितेका छन् भने ३० जना वडासदस्य पनि एमाले बाट निर्वाचित छन् । नगरप्रमुख सहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वचित भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख शान्ति रत्न शाक्यले मुख्य निर्वाचन अधिकृत मोहन प्रसाद भट्टराईद्वारा शपथ ग्रहण लिएका छन् । उनले आफूले शपथ ग्रहण लिएपछि मात्रै नगर प्रमुखको हैसियतमा अन्यलाई नगर प्रमुखले शपथ गराउने चलन छ ।

नगरपालिकामा शपथ ग्रहण कार्यक्रममा एमाले बाट निर्वाचत उप–प्रमुख सहित बडा अध्यक्ष र सदस्यले शपथ ग्रहण बहिस्कार गरेपछि नगर प्रमुख शाक्यले गठबन्धनबाट उपस्थित निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरूलाई मात्रै शपथ ग्रहण गराएका छन् ।

एक पटक पढ्नुहोस