After header

रोशीमा दिनेश लामाद्वारा पदभार ग्रहण

रोशी/नवनिर्वाचित प्रमुख उप–प्रमुखहरुले पदभार ग्रहण गर्ने शुरु गरेका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधीहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् ।

रोशी गाउपालिकाको नव निर्बाचित अध्यक्ष दिनेश लामा लगायत रोशीमा निर्वाचित जनप्रतिनिधिीहरुले पदभार ग्रहण गरेका छन् । रोशी गाउँपालिकामा आज सोमबार पदभार ग्रहण गदै नवनिर्वाचित अध्यक्ष दिनेश लामाले चुनावी घोषण पत्रमा उल्लेख गरेको ६० बर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम आज नै निर्णय गरेका छन् । आफूले निर्वाचनको बेलामा जनताका लागि दिएको प्रतिवद्धता सबै पुरा गर्ने बताए ।

गाउँपालिकामा आयोजित पदभार ग्रहण सगै पालिकाको सम्पुर्ण शाखाको शाखा प्रमुख तथा कर्मचारीहरु सङ्ग परिचय कार्यक्रम सहित शाखाबाट संचालन भएका कार्यक्रमहरुको उपलब्धी र बाकी कार्यहरुको समिक्षा गरी भोलिका दिनमा रोशी गाउँपालिकाले गर्ने कामका विषयमा छलफल गरीएको थियो ।

एक पटक पढ्नुहोस