बनेपा/काभ्रेमा जेसिबिको २२औ शाखा बनेपाको जनागलमा खुलेको छ । एम .ए .डब्लु अर्थमुबर्स प्रा लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२औ शाखा एभरेस्ट एकÞुइपमेन्ट प्रा लि जनागलमा खुलेको हो ।
आइतबार आयोजित एक कार्यक्रमका बीच डिलरको बनेपा नगरपालिका वडा १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का ,एम ए डब्लु अर्थमुबर्स प्रालि का प्रमुख संजिव पउजा र एभरेस्ट एकुइपमेन्ट प्रालिका संचालक सरोज प्रधानाङ्गले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका छन् ।

कार्यक्रममा नेपाल निर्माण ब्वयवसायी संघ काभ्रेका अध्यक्ष विजय लामा र भक्तपुरका अध्यक्ष विजय देउजा का साथमा थुप्रै निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।जेसिबीको बनेपामा डिलर भैसके पछि अब सामान ,बिक्रि र सर्बिसको लागि काठमाडौं सम्म धाउनु नपर्ने भएको छ ।
कार्यक्रममा बोल्दै बनेपा डिलर संचालक समेत रहेका सरोज प्राधानांगाले नया जोश र उर्जाका साथ सञ्चालनमा ल्याएको कम्पनीलाइ सबैको साथ र सहयोग मिलेको खण्डमा काम गर्न सजिलो हुने बताए ।
