काठमाडौं/ आइतबार बिहान देखि हराएको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन् ।
नेपाली सेनाका प्रवक्ता सिलवालले भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’ प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उनले बताए ।
सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।
