काठमाडौं/ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)लाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले एक कार्यक्रम बिच शपथ ग्रहण गराएका छन् । सोमबार बिहान राष्ट्रिय सभागृह आयोजित शपथ ग्रहण कार्यक्रममा बालेन्द्र साहलाई मुख्य निर्वाचन अधिकृतले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने कार्यक्रममा रहेको छ भने छ आज नै वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुने कार्यक्रम रहेको महानगरले जनाएको छ ।
मेयर साह र उपमेयर डंगोलले शपथ ग्रहण पछि लगतै आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।
