After header

नगरप्रमुख लामाद्धारा अस्पतालको निरिक्षण सहित बिरामीको अवस्था बुझ्दै

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले मेथिनकोट अस्पतालको निरिक्षण गरेका छन् । आज सोमबार अस्पतालको स्वागत तथा शुभकामना आयोजित कार्यक्रममा उनले अस्पतालमा रहेको बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोतम सेढाईले मेथिनकोट अस्पतालमा स्वागत सहित अस्पतालको बारेमा जानकारी गराएका थिए । अस्पतालको निरिक्षण गदै नगर प्रमुख लामाले बिरामीको बारेमा र अस्पतालले दिएको सेवा बारे बिरामी सित बुझेका थिए । नवनिर्वाचित नगर प्रमुख लामाले यस अस्पतालबाट प्रदान गरिने सेवामा कुनै कमी नआउन आग्रह गरेका थिए ।

यस अस्पताल बागमती प्रदेशस्तरी भएकाले यसका लागि नगरपालिकाले गर्नुपर्ने र अहिले आवश्यक के के रहेको त्यसका बारेमा जानकरी गराउन आग्रह गरेका थिए । अस्पतालमा भर्ना भएका बिरामी सगँ कुरा गदै नगर प्रमुख लामाले रोगबाट नआतिन बिरामीलाई आग्रह गरेका थिए । तपाईहरुका लागि सिङ्गो नगर र म तपाईहरुको साथमा रहेको भन्दै बिरामीलाई हौसला प्रदान गरेका थिए ।

यस अस्पताल बाट बिरामीलाई सक्दो सेवा र सुविधा दिने आग्रह गदै र आवश्यक परेको खण्डमा नगरपालिका सधैव सहयोग गर्ने प्रतिवद्धता रहेको नगर प्रमुख लामाले बताए । अहिले अस्पतालले सबै किसिमको रगत टेष्ट, थाईराइड सम्बन्धी चेकजाँच र अन्य सबै खालको उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोतम सेढाईले जानकारी दिए ।

एक पटक पढ्नुहोस