After header

नमोबुद्धको पहिलो कार्यपालिका बैठक सम्पन्न

नगरको प्रवक्त तोक्ने देखि एम्बुन्लेस हस्तान्तरण सम्म ( हेर्नुहोस् निर्णयहरु )

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाका लागि नवनिर्वाचत जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बाट ६ वटा निर्णय गदै बैठक सम्पन्न भएको छ ।

आज बसेको कार्यपाकिलाको बैठकले पहिलो निर्णय निवर्तमान जनप्रतिनिधिहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । पहिलो पटक नगरपालिका स्थापना भई २०७४ सालको निर्वाचनबाट निर्वाचित भई नगरलाई अहिलेको अवस्थामा पुराउन सहयोग गरेको भन्दै निवर्तमान जनप्रतिनिधीहरु धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले दोस्रो निर्णय नमोबुद्ध नगरपालिका नगर कार्यपालिकाले सम्पादन गरेका कार्यहरु, नगरपालिकाबाट प्रवाह गर्ने सेवाहरु, नगर कार्यपालिकाका बैठकका निर्णयहरु, सार्वजनिक महत्वका सुचनाहरु, वक्तव्य, विज्ञप्ति आदि लगायत नगरपालिकाबाट सार्वजनिक गरिने विविध सार्वजनिक महत्वका कार्यहरुको सम्पादन गर्नका लागि नमोबुद्ध नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष टिका बहादुर केसीलाई नगर कार्यपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।

तेस्रो नं.मा बैठकले नमोबुद्ध नगरपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको एने २०७५ कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न बहादुर लामाको संयोजकत्वमा वडा अध्यक्ष अर्जुन बहादुर कार्की र धर्म सिं लामा सदस्य रहने गरि समिति गठन गरेको छ ।

चौथो नं. मा बैठकले नमोबुद्ध ४ स्थित प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालको लागि वडा अध्यक्ष रमेश तिवारीलाई सदस्य तोक्ने निर्णय गरेको छ । पाँचौ नं. मा बैठकले नमोबुद्ध नगरपालिका, नगर कार्यपालिका बैठकले गरेका निर्णयहरु सम्बन्धित शाखाहरु, वडा कार्यालयहरु, कर्मचारी र सरोकारवाला सबैक जानकारीका लागि २४ घण्टा भित्र नगरपालिकाको आधिकारी वेभसाइटमा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको छ ।

छैटो नं. मा बैठकले नमोबुद्ध नगरपालिकाको दाप्चा तथा सो आसपासका क्षेत्रलाई लक्षित गरेर नमोबुद्ध नगरपालिका वडा नं. ९ स्थित दाप्चा स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी मातहतमा रहने र व्यवस्थापन लगायत सम्पूर्ण कार्य नगरपालिका सग आवश्यक समन्वय र सहकार्य गर्ने गरी नगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

एक पटक पढ्नुहोस