राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रकाश मा.वि. प्रथम

भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपािलकामा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुम्लु ८ मा रहेको प्रकाश मावि प्रथम भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि जेठ १७ गते बाट शुरु भएको आज सम्पन्न भएको छ ।

कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष लामाले स्थानिय तहमा विद्यालय स्तरीय खेलले गर्दा विद्यालर्थीहरुलाई पढाई मात्रै नभई यस्ता खालका खेलकुदले पनि विद्यार्थीको पढाई प्रति मनोबल बढ्ने बताए । विद्यालयमा पढाई मात्रै नभई खेलकुदको पनि अभ्यास गराउनु पर्ने उनको भनाई थियो ।

आज फाईलन खेलमा ९ वटा गोल्ड मेडल जिति भुम्लु ८ को प्रकाश मा.वि. प्रथम भएको छ । त्यसै गरी े ७ वटा गोल्ड मेडेल जिति अरुणोदय मा.वि.भुम्लु २ दोस्रो भएको छ । त्यसैगरी सेतीदेवी मा.वि. भुम्लु १ ले ३ वटा गोल्ड मेडल जिति तृतीय भएका छन् ।

यहि जेठ १७ गते बाट शुरु भएको प्रतियोगितामा भुम्लु गाउँपालिकाका १३ वटा विद्यालयहरु खेलमा सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस