काडमाडौं/ ट्रकको ठक्करबाट धादिङमा एक महिलाको ज्यान गएको छ । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिदाँ धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।
पैदल हिंडीरहेकी उनलाई ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा प्रहरीले जनाएको छ ।
