भुम्लुका उपाध्यक्ष दावा सहितको टोलि स्थलगत अनुगमन

काभ्रे/  काभ्रेको भुम्लु गाउँपालिकामा पालिका भित्र भईरहेको विकास निर्माण कामको पालिकाले स्थलगत अनुगमन शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) को नेतृत्वमा सबै वडाको विकासका बारेमा अनुगमन शुरु गरिएको छ । गाँउपालिकाले १० वटै वडामा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन गरको हो ।

सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडा नम्बर ८र १० अन्तर्गत गठित उपभोक्ता समिती हरुबाट सम्पन्न भएका विभिन्न वटा योजानाहरुको प्रभावकारिता जाँच्नका लागि गरिएको अनुगमन गरिएको हो । गाउँपालिकाले योसँगै अन्य वडामा पनि अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको उपाअध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिए ।

गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताए । सडकमा निर्माण गरिएका नाला, मेसीनरी वाल लगायतका योजानाहरुको स्थलगत अनुगमन गरिएको उपाअध्यक्ष तामाङले जानकारी दिए ।

यस्तै अनुगमनलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले बताए । योजना निर्माणमा गुणस्तरीय कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा प्रशासकीय अधिकृत अर्यालले जोड दिए ।

अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाइएको र मापदण्ड पूरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिँदा कटौती गरेर दिने उपाअध्यक्ष जितेन्द्रमान तामाङले बताए । अनुगमनका क्रममा कामले गति लिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याको समाधानमा पहल समेत गर्ने उनको भनाई छ ।

निमाणाधीन योजानाहरुको स्थलगत अनुगमनमा योजना अधिकृत रुपक अधिकारी इन्जिनियर अन्जन अवाल सव इन्जिनियर डिमसन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस