After header

किसानलाई सिप प्रबिधि र इच्छा शक्ति दिन अबको आवश्यता ः अध्यक्ष लामा

रोशी/ काभ्रेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी सरकारले कृषि क्षेत्रको बिकासको लागि किसानलाई सिप प्रबिधि र इच्छा शक्ति दिन अबको आवश्यता रहेको बताएका छन् ।

युएस एडको आर्थिक सहयोग र एफ एच आई ३६० तथा दायित्व नेपालको सहकार्यमा रोशी सरकार संग किसान कार्यक्रममा कृषि क्षेत्रमा परिर्वतन ल्याउनको लागि रोशी सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले बताएका छन् । रोशीको वडा गत रुपमा भुगोल फरक फरक रहेको बताउदै अध्यक्ष लामाले रोशी सरकारको निति गत रुपमा कृषि क्षेत्रको लागि महाभारत रेन्ज देखि रोशीको फाट सम्मको लागि उपयुक्त कार्यक्रमहरु ल्याउने बताए ।

दायित्व नेपाल मार्फत पालिकामा कृषि क्षेत्रमा भएका राम्रा कामहरुको बारेमा गरिएको जन प्रशासन फेलोसिपले आगामी दिनमा स्थानीय सरकारले बनाउने निति तथा कार्यक्रम बनाउनको लागि सहजिकरण गर्न सहयोग पुग्ने बताए । किसानका सबैखाले आवश्याक रहेको समयमा बिउ देखि मल सम्म सहज बनाउनको लागि केन्द्र सरकारले सहज बनाउ पर्ने बताउदै पालिका अध्यक्ष लामाले पालिकाले कृषि पशु पालन क्षेत्रको लागि काम गरिने बताए ।

बिगतको समयमा पुश पालन गर्ने किसानहरुको बिमा नहुने स्थानीय सरकार आए संगै यो कार्यक्रम सबै वडाहरुमा लागु भए पछि किसानहरुको हुन सक्ने क्षेति कम गर्नको लागि सहयोग पुगेको अध्यक्ष लामाले बताए ।

पालिका कृषि तथा पशुपंन्क्षी शाखा प्रमुख रघुनी शाहाले कृषि क्षेत्रमा पालिकाले बिषेश रुपमा बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताए । शाखाले किसानहरुको हितमा पशु बिमा, बाली बिमा कार्यक्रम संगै बिभिन्न समस्यहरुमा वडा तहमा खटिदै आएका प्राबिधिकहरुले सेवा दिदै आएको बताए ।

छलफल कार्यक्रममा सामुदायिक सारथी नेपालका जिल्ला संयोजक भेषराज दनुवारले बिगत ५ बर्ष देखि रोशी सरकार संग नजिक रहेर बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताए । बिगतमा पालिकामा कृषि, पशु पंन्छी, स्वास्थ्य र विपदको क्षेत्रमा छलफल र सहजीकरण गरिदै आएको बताए ।

स्थानीय सरकारहरुले बनाउने निति गत कानुनहरुमा समेत सस्थाले प्राबिधिक सहयोग गरिदै आएको बताए । छलफलमा किसानहरुले पालिकाले गरिदै आएका पशु बिमाको दायरा बढाउनु पर्ने बिषय उठाएका थिए । किसानहरुको रैथाले बाली बिउ बिजन, चाहिने समयमा मल किसानको घर घरमा पुग्ने बातावरण हुनुपर्ने बिषय उठान भएको थियो ।

कार्यक्रममा सहजिकरण गर्दै जन प्रशासन फेलो २०२२ रोशीका प्रतिनिधि रोजन तामाङले बिगतमा रोशी सरकारले गरिएका राम्रा कामहरु धेरै रहेको ति कामहरु निरन्तरता हुनुपर्ने केहि कृषि पशुपलान क्षेत्रमा देखिएका समस्यहरुको बिषयमा पालिकाले थप निति तथा कार्यक्रमहरु मार्फत समेटिनु पर्ने बताए । रोशी गाउँ पालिका भित्र रहेको किसानहरुको पशु बिमा कार्यक्रम प्रभावकारी देखिएको पशु क्षति हुन बाट किसानहरुले लाभ लिन सकिएको बताउदै बिमा गर्न किसानहरुको संख्या बृद्धि गर्न पालिका लाग्नु पर्ने बताए ।

बिहिबार रोशी गाउँ पालिकामा भएको छलफल कार्यक्रम युएस एडको आर्थिक सहयोग र एफ एच आई ३६० तथा दायित्व नेपालको सहकार्यमा जनप्रशासन फेलोसिपको आयोजना र स्थानीय किसान र लिखु तामाकोसी गाउँपालिका बिचको सहकार्यमा भएको छलफलमा किसान, जन प्रतिनिधिहरु, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस