पनौती/ काठमाडौ इन्द्रेश्वर ३२५ आईको २०२२÷०२३ का लागि अध्यक्षमा लायन लायन्स डायमण्ड थापा चयन भएका छन् ।
काभ्रेको पनौतीमा विगत लामो समयदेखी सञ्चालनमा रहेको लायन क्लव अफ सन २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले एक कार्यक्रमका विचमा सन् २०२२÷२३ को लागि निर्बाचित अध्यक्ष लायन डायमण्ड थापालाई पद हस्तान्तरण गरेका छन् ।
२०१४ देखि निरन्तररुपमा लायन्स मा लागि पनौति भेगमा लायन्स को परिचय गराउन सफल ब्यक्तित्व वरिष्ठ समाजसेवी लायन राम कुमार बस्नेतले सन २०१९÷२० बाट पनौतीमा पुन नया क्लवको स्थापना गरेका थिए । लायन्स अफ काठमाडौ इन्द्रेस्वर ३२५ द्यज्ञ को निरन्तर रुपमा सामाजिक हितका लागि कार्यहरु गर्दै अगाडी बढेको छ ।
सामाजिक कार्यमा अव्वल ढंगबाट सेवा गर्दै आएको क्लवले सामाजिक हित चाहने व्यक्तित्वको मन जित्न पनौति तथा काभ्रे भेगमा नै सफल भएको छ । पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रक को—अडिनेटर पवन कुमार थापाले सामाजिक कार्यको लागि निस्वार्थ ढंगले अगाडी बढ्ने लायन्स क्लब हो, ।
हामी सेवाको भावनाले पे्ररित भएका व्यक्तिहरुको समुहले समाजमा हितको लागि कार्य गर्दै आएका छौ । हामीले क्लव देखाउनको लागि खोलेको हैन, वचेको समयलाई सामाजिक कार्यमा खर्चिएर सामाजिक कार्यहरुलाई परिवर्तनको लागि क्लव खोलेकाउ उनको भनाई थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष लायन रामकुमार बस्नेतले सन् २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले कोभिडको महामारीमा समेत क्लब सामाजिक हितको खातिर कार्य गर्न सकेको वताए । राम्रो कार्य गर्दै अगाडी बढ्ने क्रममा अध्यक्ष हुमागाई जोन चेयर पर्सन हुन सफल भएकोमा खुसि व्यक्त गरे ।
कार्यक्रममा सामाजिक व्यक्तित्व लायन प्रधुम्न श्रेष्ठले लायन्स क्लब काठमाडौ इन्दे्रस्वरलाई अगाडी वढाउन लामबद्ध हुनुहुने लायन लिडरहरुले राम्रा कार्य गर्दै अगाडि बढ्न सफल भएको बताए । क्लवले निस्वार्थ ढंगबाट सामाजिक कार्यमा जुट्दै आएकोले आगामी दिनमा अन्य क्लवहरुसंग पनि सहकार्य गर्दै अगाडी बढने उनको भनाई थियो ।
नव निर्वाचित अध्यक्ष डाइमण्ड थापाले आफ्नो कार्यकालमा गरिने सामाजिक कार्यको खाका प्रस्तुत गर्दै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । समय समयमा लायन्स कार्यालयमा जम्मा भएर सामाजिक हितका लागि सधैव आफु लागि परीरहने उनले बताए ।
कार्यक्रमका सभापति एवं लायन २०२१—२०२२ का अध्यक्ष लायन प्रल्हाद शर्मा हुमागाईले संस्थापक अध्यक्ष लगाएतका पुर्वजहरुको साथ र सहयोगका कारण कोभिडको महामारी हुंदै गर्दापनि सामाजिक कार्यको क्षेत्रमा अगि बढ्न सकेको वताए ।
कार्यक्रममा लायन अञ्जु रन्जित,लायन्स प्रकाश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्राट मैनालीको अध्यक्षतामा लियो क्लव अफ काठमाडौ इन्द्रेश्वर गठन भएको छ । कार्यक्रम विपस्ना शाक्यले सञ्चालन गरेकी थिईन् ।
