काठमाडौं/ नेपाल प्रहरीका हालै बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षक ( डिआईजी) हरुले आज एक कार्यक्रम बिच दर्जयानी चिन्ह (फुली) लगाएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।
गृहमन्त्रालयको यही असार १७ गतेको निर्णयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका बसन्तबहादुर कुवँर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणालाई आईजीपी सिंहले दर्ज्यानी प्रदान गरेका हुन् ।
समारोहमा आईजीपी सिंहले बढुवा भएका डीआईजीहरुलाई बधाई दिँदै बढुवापछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
