बैतडी/ बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । पाटन नगरपालिका ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो ।
आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहाद्र पालले जानकारी दिए । राजमार्ग अवरुद्ध बनेसंगै बझाङ बैतडी र दार्चुला भित्रिने तथा बाहिरिने गाडीहरु बिच बाटोमा अलपत्र परेका छन ।
राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसंग समन्वय भएको पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । सडक डिभिजन कार्यालयका प्रमुख संग कुराकानी भएको र जेसिबी मगाइएको उनले बताए । छिट्टै सडक खोल्ने प्रयास भईरहेको बिष्टले जानकारी दिए ।
