After header

बनेपा नगरपालिकामा मासु आयात रोक्न पाडा वितरण

बनेपा / काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा विभिन्न जिल्लाहरू बाट मासु तथा मासुको लागि भन्दै पशु चौपायाको आयात हुने गर्दै आएको छ ।           बनेपा नगरपालिकाले दीर्घकालीन योजना बनाएर सो ठाउँमा मासु आयात घटाउन र आत्मनिर्भर बनाउन मासु मिशन कार्यकम अन्तर्गत पाडा वितरण गरेको छ । निम्न आयस्तर भएका ब्यक्तीहरु, एकल महिला,दलित, जनजाति र अल्पसंख्यक लक्षित गरी नगरपालिकाको पशुपन्छी सेवा शाखाले वितरणको लागि कार्यविधि बनाएर छनोट समिति गठन गरी पाडा वितरण गरिएको जनाएको छ ।     शाखाका शाखा प्रमुख रामसुन्दर सापकोटाले भने – बनेपा नगपालिकाको वडा नम्बर २,३,४,६ र १० नम्बर वडामा क्रमस: १७,१७ र बाँकी वडामा १६ को दरमा ८२ वटा पाडा ८२ घरधुरी लाई वितरण गरिएको बताएका छन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मासु मिशन कार्यकम राखिएको मुख्य लक्ष्य ती घरधुरीको आयस्तर सुधार र बनेपा नगरपालिका लाई मासुमा आत्मनिर्भर बनाउने बाटो तर्फ उन्मुख गराउन यो कार्यक्रम ल्याइएको बताए ।   वितरण कार्यक्रममा वडाको जनप्रतिनिधिहरुले ती लक्षित घरधुरीको पहिचान गरेका थिए, भने वितरण गरिएको पाडा छनोटमा पशु विज्ञ डा हरुको राय र सुझाव र प्रत्यक्ष अवलोकन गरी पाडाहरु छनोट गरिएको बताए । उनले वितरण गरिएको पाडा ७५ प्रतिशत बनेपा नगरपालिका र २५ प्रतिशत छनोट भएका व्यक्तिले लागत साझेदारी गरी वितरण गरिएको बताए ।    पाडाको बीमा नगरपालिका शाखाले नै गरिदिएको र पहिलो पटक खुवाउने औषधी समेत शाखाले दिएको छ । भने वितरण गरिएको पाडा प्राप्त गर्ने व्यक्तिले पाडा लाई एक वर्ष सम्म अनिवार्य पाल्नु पर्ने प्रावधान राखिएको बताए । पाडा वितरण कार्यक्रम लाई सम्बोधन गर्दै बनेपा नगरपालिका की उपप्रमुख विमला सापकोटा दाहालले आफूले यस अघि पनि धेरै ठाउँमा यस्तो किसिम को कार्यकम गरिसकेको र त्यस बाट जस भन्दा अपजस दिने गरेको अनुभव सुनाउँदै भावी दिनमा आफूले त्यस्तो अपेक्षा नगरिएको र यो एउटा बीउ पूँजीको रूपमा लिन लक्षित वर्ग लाई अपील गरिन् ।   यस्तै कार्यक्रममा वडा नं ३ का रमेश दाहालले आफ्नो कार्यकाल भरी प्रत्येक घरधुरी ले वडा र न पा बाट कुनै न कुनै सुविधा पाउने नदोहोरिने नीति साथ यस्तो कार्यक्रम तय गरिएको बताए । कार्यक्रममा पशु चिकित्सक मणि प्रसाद सापकोटाले जनप्रतिनिधिले केवल निर्माणको काम मात्रै सोचिरहेको र मानिसले खाने र उत्पादन जन्य कुराहरूमा ध्यान नदिएको र अब पशु पालन र कृषि तर्फ सोच्न ढिला गर्न नहुने तर्क गरेका थिए ।  कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका डा. नितेस कार्कीले वितरण गरिएको पशु पूर्ण रूपमा स्वस्थ्य रहेको र पालन गर्न उपयुक्त रहेको बताउँदै यो कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रम ओभीओटी केन्द्रीय उपाध्यक्ष नेभ्ला केन्दीय सदस्य पवन केसीले सञ्चालन गरेका थिए । बनेपा नगरपालिकाले यस्तै अर्को बाख्रा पकट विकास कार्यक्रमको लागि बनेपा नगरपालिका वडा नं १,५,९,११,१२,१३ र १४ मा ४६ जना कृषक लाई पाठी वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

एक पटक पढ्नुहोस