काठमाडौं/ नेपाल प्रेस यूनियनका अगामि ९ औ महाधिवेशनका लागि काभ्रेका वरिष्ठ सञ्चारकर्मी नारायण सापकोटाले आफ्नो उम्मेदवारी घोषण गरेका छन् ।
यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको महाधिवशेनका लागि सञ्चारकर्मी सापकोटाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भन्दै आज अर्थात मंगलबार प्रेस यूनियनको केन्द्रीय कार्यालय काठमाडौ थापागाउँमा उम्मेदवारी घोषण गरेका हुन् ।

२०५४ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, गरुण आवाज तत्कालिन एच.बि.सी एफएम लगायत मूलधारका राष्ट्रिय मिडियामा काम गरेको लामो अनुभव बोक्केका छन् ।
नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेको अध्यक्षको जिम्मेवारी संहाल्ली सकेका सापकोटा हाल ट्रेड युनियन कांग्रेसको सचिव समेत रहेका छन् । जिल्लामा हाम्रो इन्द्रावती साप्ताहिक काभ्रेका सम्पादक तथा नरम न्युज डट कम का प्रधान सम्पादक समेत रहि पत्रकारितामा क्रियाशिल रहेका सापकोटाले केन्द्रीय सदस्य पदमा सहजै विजय हासिल गर्ने देखिन्छ ।
