After header

उपेन्द्रले अहंकार गरे : बाबुराम भट्टराई

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले अहंकार र पदको लोभ देखाएको आरेप लगाएका छन् ।एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएका कारण आज यस्तो भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्रले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको दाबी गरे । संख्यात्मक रुपमा पनि अहिले सम्म आफ्नो पक्षमा नै बहुमत रहको दाबी समेत गरे ।

यादव पक्षले यो बैठकलाई अवैध भनेकोप्रति लक्षित गर्दै भट्टराईले यादव पक्षले इतिहासलाई भुलेर गरेको कुरामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए ।

‘गतसाल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एकजना जो भएप नि बनाउनुपर्छ भने,’ उनले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नु भएन । अहिलेसम्म पनि मान्नु भएको छैन ।’

पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको अध्यक्ष भट्टराईले बताए । पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने उनको भनाइ छ । ‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु ।

तपाईले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस, भट्टराईले भने ।

एक पटक पढ्नुहोस