हेटौडा/ बाल यौन दुरुपयोग गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको पुष्टि गरे । शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको पछि वडा अध्यक्ष घलानलाई पक्राउ गरेको एसपी गुरुङले जानकारी दिए ।
विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि वडाध्यक्ष घलानले १८ असार बाल यौन दुरुपयोग गरेको आरोप छ ।
त्यही आरोप लागेका वडा अध्यक्ष माथी पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि उहालाई अनुशन्धनका लागि पक्राउ गरेको एसपी गुरुङले बताए ।
