After header

भारतबाट घटेर आएपनि डिजेल र पेट्रोलको मूल्य, नेपालमा बिक्री मूल्य नघट्ने संकेत

काठमाण्डौ / भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।


नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो । यद्यपि, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ । निगमले आफ्नो भैरहेको घाटालाई परिपुर्ति गर्न यो पालिको मुल्य समायोजन नगर्नै तयारी गरिरहेको बताइएको छ ।

 

एक पटक पढ्नुहोस