After header

जहाजदुर्घटना, पाइलटसहित ८ जनाको मृत्यु

अलजजिरा समाचार /

ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।

जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो।हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो । जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ ।

एक पटक पढ्नुहोस