After header

आजबाट काभ्रेमा मतदाता नामवली अनलाईनबाट

काभ्रे / काभ्रे जिल्लामा आजदेखि अर्थात साउन ४ गते बाट मतदाता नामवली अनलाइनबाट फाराम भर्न पाउने भएको छ । काभ्रेसँगै पाँच जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था लागू भएको हो ।

सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ्ग र झापा गरी थप ५ जिल्लाबाट समेत अनलाइनबाट मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाउने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम शर्माका अनुसार यसअघि काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्र अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था गरेको थियो । अनलाइन प्रणालीबाट प्रि–इन्ड्रोलमेन्ट गरिसकेपछि बायोमेट्रिक दिनका लागि भने नजिकै रहेको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ ।

 

एक पटक पढ्नुहोस