काभ्रे/
एक भू–माफिया जसले किर्ते हस्ताक्षर गर्दै फिल्डमा नभएको जग्गा धेरैलाई बेच्न भ्याए । सोही क्रममा काभ्रेका हाल गुल्मीमा कार्यरत डिएसपी माधवराज खरेल पत्नी लाई समेत ठगी गरी फिल्डमा नभएको जग्गा विक्री गर्न भ्याएपछि ठगी गर्नेको दिमाखको चर्चा काभ्रेमा चलेको छ । ठगी गर्दा जग्गाको लालपुर्जाको फोटोमा नै किर्ते हस्ताक्षर गरी किर्ते लालपुर्जा दिएको थाहा पाएपछि जिल्ला प्रहरीमा आफ्नो लालपुर्जा सक्कली हो या होइन भन्ने बुझ्न डिएसपी पत्नी निर्मला उप्रेती प्रहरी कार्यालय धुलिखेलमा पुगेकी थिइन् । सोबारे बुझ्दा आफू ठगीएको पत्ता लागेपछि उनले प्रहरीमा उजुरी दिइन् प्रहरीले खोजी गर्दै गर्दा त्यसमा संलग्न लाई समेत पक्रन सफल भएको छ । 
काभ्रे जिल्लाको बनेपा न.पा वडा नं. ०२ बस्ने ज्ञान बहादुर खड्गी लगाएत ६ जना व्यक्तिहरुको नाममा काभ्रे जिल्ला बनेपा न.पा. वडा नं.०१ स्थित चाईना टाउनको बास्केटबल कोर्ट अगाडी रहेको विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको छ । भनि नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई उक्त जग्गा किनवेच गर्नका लागि बैना बापतको रकम समेत लिई नक्कली राजिनामा कागज गराइएको पाइएको छ । 
सो क्रममा घर बाटोको सिफारिस पत्र, जग्गा धनि दर्ता प्रमाण पूर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरि दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत किर्ते बनाई साविक जिल्ला धादिङ जिवनपुर गा.बि.स. वडा नं. ०५ घर भई हाल जिल्ला काभ्रे बनेपा न.पा वडा नं. ९ बस्ने बर्ष ३७ को रवि प्रसाद रेग्मीले ठगि गरेको भन्ने उजुरीका सम्बन्धमा आवश्यक अनुसन्धानमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान गर्दै जाने क्रममा ठगी गरिएको कुरा पत्तत्रमा लागेको थियो । निज रवि प्रसाद रेग्मीले अर्काको नाममा रहेको जग्गा आफ्नो हो भनि पीडितहरुलाई आफ्नो नामको नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा देखाई बैना बापत रकम लिई जग्गा पास गर्नका लागि चाहिने कागजातहरु समेत नक्कली बनाई मालपोत कार्यालयका कर्मचारीहरुसँग समेत आफ्नो राम्रो चिनजान रहेको विश्वास दिलाई पीडितहरुलाई किर्ते जग्गा धनि प्रमाण पूर्जा दिएको खुलेको छ ।
रेग्मीले पीडितहरुबाट १ करोड २१ लाख ५० हजार रुपियाँ ठगि गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिएसपी हरि खटिवडाले बताए । खतिवडाका अनुसार पीडितहरुबाट मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत जाहेरी दरखास्त लिई निज रेग्मीलाई कानुन बमोजिम ०७९ साउन २ गते काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ९ स्थितबाट पक्राउ गरी निजको घरको खानतलासि लिई कसुरसँग सम्बन्धित प्रमाण लाग्ने नक्कली जग्गा धनि पुर्जा लगाएतका महत्त्वपुर्ण कागजात, र नेपाली रु.आठ लाख पँचास हजार रुपैयया रकम समेत बरामद गरिएको, बताए । यस्तै सो काममा सघाउ पुर्याउने लेखापढी व्यवसाय गर्ने काभ्रे पनौती न.पा वडा नं. ९ बस्ने बर्ष ४५ को राजन थापा र निजकै श्रीमती बर्ष ४२ की सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएकोले उनीहरुद्वय लेखनदासको कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरणहरु बरामद गरी मिति २०७९ असार ३ गते जिल्ला अदालत काभ्रे बाट रबि प्रसाद रेग्मीलाई म्याद थप अनुमती लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको र घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको बताइएको छ ।
पक्राउ परेका रबि प्रसाद रेग्मी विरुद्ध यसअघि ०६८ असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की ०६९ चैत्र १० गते जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको बताइएको छ । काभ्रे जिल्लामा केही बर्ष अघि पनि यस्ता घटना भएका थिए ।

जब भू–माफियाले डिएसपी खरेलपत्नी लाई फिल्डमा नभएको जग्गा विक्री गरेपछी…
Prev Post
एक पटक पढ्नुहोस