तेमाल-३/ काभ्रेको तेमाल गाउँपालिका १ ,२ ,३ हुँदै बग्ने सुनकोसी नदीमा बुधबार दिउँसो २ बालक बेपत्ता भएका छन । सुनकोसी नदीमा माछा मार्ने र पौडी खेल्ने भन्दै गएका बालकहरू बेपत्ता भएको स्थानीयले बताएका छन् ।
प्रहरी चौकी पचुवर घाट को टोली र स्थानीयले बेपत्ता भएका बालकहरू को खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बुधबार जिल्लाको तेमाल गाउँपालिका–२ लामबगरस्थितबाट सुनकोशी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका ११ वर्षीय समीर माझी र ८ वर्षीय कान्छो माझी वेपत्ता भएक हुन् ।
सुनकोशी नदीमा पौडी खेल्ने क्रममा सुनकोसी नदीले बगाएर वेपत्ता भएका दुवैको खोजीकार्य जारी रहेको र हालसम्म उनीहरुको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा सम्म बालकद्वोयको अवस्था अज्ञात छ ।
