After header

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने सम्भावना

काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । । हिजो गठबन्धनको बैठकले आउँदो मंसिर ४ का लागि चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे सगै आज बस्न लागेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधि र प्रदेशको निर्वाचन मिति तोक्ने सम्भावना रहेको बुझिएको छ ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुन विद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् ।

प्रधानमन्त्रीले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन समेत दिएका थिए ।

एक पटक पढ्नुहोस