राजविराज/ बुधबार राति करेन्ट लागेर ससुरा बुहारी सहित तिन जनाको मृत्यृ भएको छ । सप्तरी जिल्ला कञ्चनरुप नगरपालिकाका –६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको र उनी अचेत भएकी बुहारीलाई छुटाउन गएका ससुरा सौदानन्दलाई समेत करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट मृत्यु भएको प्रहरी जनाएको छ ।
