After header

बनेपा नगरपालिकाका मेयर शान्तिरत्नले दीनदुःखीको पेटमा लात मारे ः फुटपात व्यवसायी

काभ्रे/  काभ्रेको बनेपा नगरपालिकामा जहिले पनि फुटपातको विषयमा राजनिति हुने गरेको देखिन्छ । यस भन्दा अगाडिका एमाले बाट जितेको मेयर लक्ष्मीनसिंह वादेले पनि चुनाव जितेपछि बनेपाका फुटपातमा आँखा लगाए तर केहि गर्न सकेन् । अहिले भर्खरै नेपाली काग्रेसको तर्फबाट मेयर जितेका शान्तिरत्नले पनि चुनाव जितेको तिन महिना नबित्दै उनले पनि बनेपाको फुटपातमा आँखा लगाएका छन् ।

जनताका अगाडि के गरेर चर्चामा आउन सकिन्छ र सस्तो लोकप्रियतामा कसरी अगाडि आउन सकिन्छ भन्दै बनेपा नगरमा जो कोही मेयर भएर आएपनि फुटपात कै कुरा आउँछ । तर बनेपा नगरलाई कसरी व्यवस्थित, सफा र हराभरा बनाउने भन्दा पनि आफू कसरी चर्चामा आउन सकिन्छ भन्नेले गर्दा बनेपाका मेयर जहिले पनि असफल हुने गरेका छन् । यतिबेला बिहान कमाए बेलुका खाने र दुःखसुख गरि आफ्नो घर चलाउने सानोतिनो व्यवसायी नै बनेपाका फुटपात व्यवसायी यतिबेला आफ्नो रोजिरोटि बनेपाका मेयर शान्तिरत्नले खोसिदिएको भन्दै उनको चर्को विरोध गर्ने शुरु गरेका छन् ।

आफूहरुलाई गरिखान नदिएको भन्दै उनीहरुले पटक पटक आन्दोलन, धर्ना र सिडियो कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । बनेपा नगरलाई सफा र हराभरा बनाउन हामी पनि तयार छौं तर हामीलाई पनि काम गरेर खान त दिनु परो नि एक सडकमा ठेलगाडामा लुगा बेच्ने व्यपारीले भने । फुटपातको नाममा पार्टीको राजनिति गर्नु त भएन नि उनले भने । आज एक महिना बित्दै छ, यही व्यवसायी गरेर हामीले हाम्रो बालबच्चा पढाउने, कोठा भाडा तिर्ने र खाने गरेका थियौं ।

अब हामीलाई कि त नगरपालिकाले रोजगारी दिनु परो हैन भने फुटपातको नाममा राजनिति गरेर हामीलाई दुःख दिन छोड्नु परो । हैन भने हामीले अब कहाबाट के खाएर बाच्नु र हाम्रो बालबच्चा पढाउनु त्यो नगरपालिकाले बुझ्नु परो । हामीलाई कि त नगरपालिकाले कतै ठाउँ दिनु परो । हामी जस्तो दीन दुःखीलाई रुवाएर मेयरले के पाउछन् । हामी जनताले मत दिएर जिताएको अनि हामीलाई नै अहिले यस्तो सास्ती दिने उनले भने ।

व्यसायी भन्छन्, फुटपातले बनेपाको मुहार बिगारेको की जताभावी गाडि पार्कि गरेर बनेपाको मुहार बिगारेको हो त्यो नगरपालिकाले बुझ्नु परो । आज एक महिना हुन लाग्यो बनेपामा के मुहार फेरीयो त हामी फुटपात व्यवसायीलाई हटाएर । यसरी हामी गरिबको पेटमा लात हानेर बनेपाका मेयरले के पाए । हाम्रो बलाबच्चा भोका राखेर हामीलाई वेरोजगारी बनाएर के पाउछ नगरपालिकाले उनले भने ।

हामीलाई कतै ठाउँ देखाएर नगरले लागेको कर उठाएर हामीलाई काम गरेर खान दिदाँ मेयर सापको के जान्छ । अहिले जथाभावी गाडि पार्किङ गर्दा हुने हामीले ठेला गाडामा राखेर व्यापार गर्दा हामीलाई बनेपाका मेयरले देखि नसहने यो कस्तो गणतन्त्र हो उनले भने । यसरी गरिबलाई रुवाएर आफू महलमा बस्ने पनि गणतन्त्र हो त । हिजो भोट माग्दा जनताको चाहाना र जनताकै हितमा काम गछु भनेर भोट माग्ने अहिले जितेपछि जनतालाई दुःख दिने यो कस्तो निहित हो उनले भने ।

नगरपालिकाले हटाएका मजदुरहरूलाई अर्को व्यवस्था नभएसम्म व्यापार गर्न दिनुपर्ने, श्रम ऐन, कानुनी अधिकारको प्रत्याभूति दिनुपर्ने, विकल्पको रूपमा तीन मिटरको फरकमा फुटपाथमा गाडा सञ्चालन गर्न दिनुपर्ने र ट्रेड युनियन अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको मजदुर बनेपा नगरकी अध्यक्ष लक्ष्मी पराजुलीले बताइन् ।

हामीले सिडियो पार्टीका मजदुर नेता लगायत सबैलाई यसका विषयमा जानकारी गराएको र हाम्रो रोजिरोटि बनेपा नगरले खोसेका कारण माग पूरा नभएमा थप संर्घषको कार्यक्रमहरू घोषणा गरि आदोन्लन समेत गर्ने उनले बताईन् ।

बनेपाका जानकारका अनुसार नगरले फुटपात हटाएर दीनदुखीको पेटमा लात हानेको बताए । काम गरेर खाने अधिकार सबैको हुन्छ तर यसरी मान्छेलाई वेरोजगारी बनाउनु नगरको गल्ती हो । फुटपातको राख्नु पर्छ भन्ने हैन तर उनीहरुको उचित विकल्ब सहित बनेपाको फुटपात व्यवथापन गर्नु नगरपालिकाको दायित्व हो । बनेपा नगरपालिकाको व्यवस्थित पार्किङ गर्न नसक्ने नगरले फुटपात हटाउदैमा नगरपालिकाको समस्या समधान नहुने बताए ।

नगरले राम्रै काम गर्ने हो भने सडकमा गाडि पार्किङ नगरी सबै बसपार्क भित्र गाडिको व्यवस्थापन गरि नागरपालिकाको मापदण्ड भित्र रहेर फुटपात व्यवसायीहरुलाई आफ्नो काम गरेर खान दिनुको विकल्व नरहेको उनीहरुको भनाई छ ।

एक पटक पढ्नुहोस