After header

कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

धनगढी/  कोरोना संक्रमितको उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न सकेको छैन ।

उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए ।

एक पटक पढ्नुहोस