After header

भक्तपुरको मनोहरा खोला बस्तीमा बाढी पस्यो, प्रहरी प्रभाग डुवानमा

काठमाडौं/  मंगलबार राति परेको पानीले काठामाडौंको मनोहरा खोलामा आएको बाढीका कारणले सयौं घर डुबानमा परेका छन् ।बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ । वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मध्यपुर ठिमी नगरपालिका–२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्चा बगाएको छ ।
वडानम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् । प्रहरीका अनुसार त्यहाँ सबै सुरक्षित रहेका छन् । अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ ।

प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।

एक पटक पढ्नुहोस