बनेपा /
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले आफ्नो २३ औँ स्थापना दिवस तथा २८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । बिहीबार धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी आफोन स्थापना दिवस मनाएको हो । फोनिजका केन्द्रीय उपाध्यक्ष जगत दोङको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजाति समुदायका मुद्दाका सवालमा छलफल भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दोङले ब्यक्तिभन्दा पनि समुदायगत रुपमा राज्यले गरिरहेको ब्यहार मुख्य हुने बताए । उनले अहिले संघीयता नै खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको तर्फ ईंकित गर्दै यसलाई बेतुकको संज्ञा दिएका छन् । ‘जसले संघीयता ल्याउनका लागि बलिदानि दिएको उसलाई मात्रै थाहा छ यसको महत्व । संघीयताको नाममा विकृति फैलाउने अनि संघीयता नै काम छैन् भनेर बहस चलाउने रु संघीयतालाई मुल मर्म अनुसार कार्यान्वयन गरौँ । आदिवासी जनजाति र पछाडि पारिएका समुदायको प्रतिधित्व राज्यको मुल प्रवाहमा सहभागिता गराउन संघीयताको अरु कुनै विकल्प छैन् । उपाध्यक्ष दोङले कार्यक्रम मा भने ।’
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङले भाषागत समस्यालाई राज्यले उचित ध्यान नदिँदा जनजाति समुदाय पछि परेको उल्लेख गरे । ‘हाम्रो जातिगत भाषाका कारण कयौँ प्रशासनिक झमेला खेप्न बाध्य छौँ । यसलाई सरकारी निकायले गम्भीर भएर सोच्न जरुरी छ । उपप्रमुख तामाङले भने ।’ 
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आदिवासी जनजातिको सवाललाई अब नयाँ ढंगबाट विचार विर्मश गर्ने बेला आएको र त्यसलाई सञ्चारकर्मीले विशेष प्राथमिकताका साथ खोजी र प्रकाशन गर्नुपर्नेमा जोड दिए । ‘अहिले आदिवासी जनजाति समुदायका अगुवाभित्र पनि दुई वटा खेमा प्रष्ट देखिन्छ । यसलाई हामीले बीचको धारबाट बहस गर्न आवश्यक भैसकेको छ । आदिवासी जनजातिको मुख्य सवाल भनेको समावेशिता र पहिचान नै हो । हामी यसलाई भुलेर अघि बढ्न सक्दैनौ । संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई हामीले सशक्त ढंगबाट अघि बढ्नु पर्छ ।’ अध्यक्ष लामाले भने । कार्यक्रममा पत्रकार संबद्धका विभिन्न संघ संस्थाका अध्यक्ष हरुले शुभकामना व्यक्त गरेका थिए । यसै बीच आदिवासी जनजाति पत्रकार महासंघ काभ्रे ले जनै पूर्णिमा मा हुने भीड लाई मध्ये नजर गर्दै अति भीड हुने गोसाइस्थान मा ७०० वटा मास्क र सेनेटैजर वितरण गरेको छ । संस्था का अध्यक्ष इन्द्र बहादुर थापा सचिव सुरज श्रेष्ठ, ले बढ्दो कोरोना महामारी लाई कम गर्न आफ्नो संस्था को स्थापना दिवस को अवसर पारी वितरण गरिएको बताए । 
