मोतीविन्दु रोगको उपचार निशुल्क हुने

अस्मिता केसी
पनौती/  काभ्रेको पनौती नगरपालिकाले मोतीविन्दु रोगकोे उपचार निशुल्क गर्ने भएको छ । यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पताल संग सम्झौता समेत गरेको छ । पनौती नगरबासिको आखा उपचार गर्ने बारे नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार पनौतीमा अवश्यक्ता अनुसार वडाहरुमा मासिक आखा उपचार शिविर पनि सञ्चालन गरिने छ । साथै, नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मीहरुलाई तालिम पनि प्रदान गरिने छ । नगरपालिका र आखा अस्पताल वीच भएको भएको सम्झौताले नगरबासिहरुको मोतीविन्दु रोगको सहज र गुणस्तरीय उपचार हुने नगरप्रमुख भण्डारीले बताउनु भएको छ ।

यस्तै सम्झौता अनुसार गत वर्ष ९० जना पनौतीबासिको मोतीविन्दुको शल्यक्रिया भएको थियो । पनौती नगर संगको सम्झौताले मोतीविन्दु रोग न्युनिकरण अभियानमा थप सहयोग मिलेको बताउदै अस्पतालका महासचिव शर्माले भन्नुभयो– बनेपाको आख अस्पतालले मोतीविन्दु रोगिको निशुल्क उपचार गर्न काभ्रेको बनेपा, नमोवुद्ध नगरपालिका र वेथानचोक गाउपालिका संग पनि सम्झौता गरेको छ ।

साथै यो अस्पतालले सिन्धुपाल्चोकको बलेफि गाउपालिका, धनुषाको मिथिला, छिरेश्वर र कमला नगरपालिका संग पनि सभ्mौता गरेको छ । बनेपा आखा अस्पतालको धनुषाको धल्केवरमा पनि शाखा रहेको छ ।

एक पटक पढ्नुहोस