काभ्रे/
काभ्रेमा विवि रार्जमार्ग धुलिखेल ९ स्थित काभ्रेभञ्ज्याङमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरिएको छ । आज भदौ ७ गते विप्लव माओवादीले बन्दको आह्वान गरेसँगै उक्त बम फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार जनतालाई तसाउन र त्रासिद बनाउनको लागि बम नभई होस्ट बम भएको र त्यसलाई नेपाली सेना कालीजंग गण धुलिखेलले डिस्पोज गरेका उनले बताए । मानिसहरूलाई आतंकित पार्ने उद्देश्यले खतरा लेखिएको प्रेसरकुकर होस्ट बम राजमार्गमा राखेको स्थानीयले जानकारी दिने वित्तिकै त्यसलाई तत्काल डिस्पोजगरेको उनले बताए । 
काभ्रेमा बन्द गर्दै हिड्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी जोशीले जानकारी दिए । बनेपाको चारदोबाटोमा सरसफाईको निउ गर्दै सवारीसाधन बन्द गर्नथालेपछि एक दर्जन कार्यकर्ता पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।
उनका अनुसार काभ्रेहुदै अरनिको राजमार्ग र विपी राजमार्गमा सवारी साधनहरू निर्वाद रुपमा चलेको छ । काभ्रेमा बन्दको खासै प्रभाव नपरेको एसपी जोशीले जानकारी दिए । 

बन्द गदै हिडेका एक दर्जन कार्यकर्ता पक्राउ
काभ्रेमा होस्ट बम फोला, सेनाद्वारा डिस्पोज
एक पटक पढ्नुहोस