After header

काभ्रेमा बन्द गराउदै हिड्ने को को पक्राउ परे ?

बन्दले विद्यालयमा पठन पाठनमा प्रभाव

अस्मिता केसी, काभ्रे
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव काभ्रेमा खासै देखिएको छैन् । बन्दलाई प्रभाव पार्न बिहानै धुलिखेल नगरपालिका ९ स्थित रानाछापमा प्रेस कुकर बम राखिएको हल्ला गरिए पनि त्यो बम नभई जनमानसमा त्रास फैलाउन राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

बिहान बनेपाको चार दोबाटोमा बन्दकर्ताले गाडि रोकेर होहल्ला गरेर गाडि तोहफोडमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरि उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सुचना अधिकारी डुडिराज नउपानेले जानकारी दिए । बन्द गराउदै हिडेका विप्लवका ८ जना कार्यकर्ता पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्ला कालिकोट शुभकालिका गा.पा १ का प्रशान्त भन्ने मनिष बि.क ( केन्द्रिय कलाकार ), जिल्ला कालिकोट गा.पा. ९ की बसन्ती बि.क. (पार्टी सदस्य ), जिल्ला कालिकोट राजकोट गा.पा. १ का जयराज लोर ( समर्थक), तिलागुफा न.पा. ३ का पल रावत ( कलाकार), काभ्रे जिल्ला मण्डनदेउपुर ६ का प्रमोद गिरी, मण्डनदेउपुर ३ का प्रशान्त तामाङ ( विद्यार्थी ) र जिल्ला मुगु छायानाथ रारा न.पा. १२ का केशव बहादुर बुढा ( कलाकार) रहेको नउपानेले जानकारी दिए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव भने काभ्रेमा रहेका विद्यालयमा परेको छ । काभ्रे जिल्ला भर रहेका निजी तथा सरकारी विद्यालयहरु भने सबै बन्द रहेका छन् । विद्यालयका अनुसार हिजो बन्द हल्ला गरिएकाले स्कुल बस सञ्चालन गर्ने अठ्योरो परेकाले विद्यालय बन्द गनु परे उनीहरु बताए । विद्यालय बन्द गरेता पनि पठपाठन भने बन्द नभएको विद्यालयले जनाएको छ । स्कुलमा पठाई हुने जसरी नै आजलाई अनलाइन मार्फत पढाई भएको उनहरुले जानकारी दिएका छन् ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौता अनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

 

एक पटक पढ्नुहोस