के हुन्छ पल विरुद्ध आज अदालतमा ?

काठमाडौं/ नेपाली चलचित्रका नायक पल शाहको आज तनहुँ अदालतमा पेशी तोकिएको छ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको हो । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।

आज भदौ ८ गते पल शाहलाई लागेको मुद्धाको पेशी तोकिएको उनका पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आज आउन सक्ने उनले बताए ।

गत ११ फागुनमा नाबालिग माथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो । दुवै जिल्ला अदालतले पेशी तोकिएसँगै उक्त मुद्धामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लडने छन वा थुनामा नै रहेर उक्त मुद्धा लडने छन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।

 

एक पटक पढ्नुहोस