After header

फिदिम मगरले गर्यो नगर सरसफाइ

 पाँचथर, /फिदिम नगरपालिका का कर्मचारी तथा प्रमुख,उप प्रमुख, वडा अध्यक्ष, सदस्य हरु समिलित भइ नगर सरसफाइ गरेको छ।

तिजको अवसरमा भक्तजनलाई मध्य नजर गरेर सरसफाई अभियान सञ्चालन गरिएको नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले ले जनाएका छन्।

यो अभियानले नगर सफा हुने र सकारात्मक सन्देश प्रवाह हुने भएकाले नगरपालिका परिवार लागे को उप प्रमुख राधाकृष्ण न्यौपाने को भनाइ छ।

शिवालय मन्दिर बाट सुरु गरि बिच बजार को बिपी टोलमा पुगेर समापन भएको छ । सरसफाइ अभियान सफल बनाउन सहयोग गर्ने हरुलाई प्रमुख मित्र प्रसाद काफ्ले ले धन्यबाद ज्ञापन गरे ।

बजारका सानातिना टहरा ,पाल हरु थुपारिएको फोहोर व्यवस्थापन गरिएको र गर्दै लैजाने जनाइएको छ ।

एक पटक पढ्नुहोस