नन्द बहादुर रोकाया
भदौ ११ मुगु ः/ छायाँनाथ रारा नगरपालीका वडा नं ५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । वडा नं ४ का किसान हरि बहादुर भाम पनी स्याउ टिप्न ब्यस्त छन ।
उनीहरू मात्र होइन यतिबेला मुगु जिल्लाका स्याउ उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । किसानहरु आफ्नो स्याउ बगैंचामा बिहानै देखि स्याउटिप्न व्यस्त देखिन्छिन । 
मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका स्याउ किसान स्याउ टिप्न ब्यस्त छन ।
भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरै देखि राति अबेरसम्म स्याउ बारीमै स्याउ टिप्न व्यस्त देखिन्छन ।
तर यो समय स्याउ टिप्नको लागी उपयुक्त समय भने होईन । मुुगुुको हवापानि अनुुसार स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजको पहिलो साथा भएको भएपनि मुुगुुका स्याउ किसानहरुले समय अगावई स्याउ टिप्न थालेका छन । 
स्याउ ढिलो टिपे स्याउ कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैंचा खाली गर्न थालेका बताउँछन । केही किसानहरु भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै ब्यापारी बगैचामा आएको मौकामा स्याउ बेच्नको लागी काँचो स्याउ बिक्रि गर्ने गरेका स्याउ किसान हरि बहादुर भामले बताए ।
यति बेला स्याउ ब्यापारी बगैचामा आएर ३० रुपैया केजिमा स्याउ लिने गरेका किसानहरु बताउँछन । हामिले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुुहिने डरले बिक्रि गर्ने गरेका स्याउ किसान सुुर्य प्रकाश भामले बताए । उनका अनुसार स्याउ राख्ने कार्टुन नहुदाँ पनी समस्या भएको छ । स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका र बजारीकरणको समस्या उत्तिकै रहेको स्याउ किसाहरुले बताउने गरेका छन
यता स्याउ किसान बिस्नमाया रोकायाका अनुसार आपनो बारीमा १५ यस बोट छन । यो बर्ष स्याउ उत्पादन धेरै हुुने अनुमान गरेको भएपनी बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो छ ।
यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेत लगायतका ठाउँ लगेर आफैं बिक्री गर्ने योजना रहेको बताईन । त्यसैले उनले व्यापारीहरु बगैैँचामै आएर स्याउ खरिद गर्न मागे पनि नदिएको रोकाया बताउँछिन् ।
स्याउ उत्पादन धेरै छ ,स्याउ टिपरे गोठमा राखिएका छन । स्याउ भएपनी भरपर्दो सडक नुहदाँ स्याउ बजारिकणको समस्याले स्याउ उत्पादन भए पनी झ्याउ हुने गरेको किसानहरु बताउँछन । यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि बिकास कार्यलय मुुगुका निमित्त कार्यालय प्रमुख दुुर्ग बहादुर शाहीले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो । यस वर्ष जिल्लामा गत बर्ष भन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा बृद्धिहुुने अनुमान गरिएको जिल्ला कृषि बिकास कार्यलयका निमित्त कार्यलय प्रमुख शाहीले बताए । मुुगुुमा बिशेष गरी तिन प्रकारका रोयल डेलिसेस्,रेटडेलिसेस्,र गोल्डेन डेलिसेस् नामक स्याउ उत्पादन हुुने गरेको छ ।
